Sakaratmak soch status, Quotes in Nepali

Sakaratmak soch status in Nepali, Sakaratmak soch in nepali, Sakaratmak soch status in Nepali, Sakaratmak meaning in English

यदि तँपाई महान काम गर्न सक्नु हुन्न भने स-साना कामहरु महान् तरिकाले गर्नु

 कोही कोही सोच्छन् कि सम्बन्धलाई निरन्तर जारी राख्दा बलियो/सुमधुर हुन्छतर कहिलेकाहीँ कुनै सम्बन्धलाई तोडी दिदाँ बलियो/सुमधुर हुन्छ 

सबैभन्दा महत्वपूर्ण कुरा जुन तपाइले गर्न सक्नु हुन्छ, त्यो हो गल्ति गर्नु तपाइले पूर्ण (Perfect) भएर केहि पनि सिक्न सक्नु हुन्न

सम्पूर्ण रुपमा खुशी हुन चाहनुहुन्छ भने खुशीलाई अरुसँग पनि बाँड्नु पर्ने हुन

शब्दहरु सित्तिक्कै पाउने गरिन्छ तर शब्दहरुको कसरी प्रयोग गरिन्छ, त्यहि अनुसार मूल्य चुकाउनु पर्ने हुन्छ

तँपाईको साथीलाई दिन सकिने सबैभन्दा बहुमुल्य उपहार भनेको उनीहरुको मुहारमा मुस्कान नै हो

जिवन त्यतिबेलासम्म सुन्दर भई रहन्छ, जबसम्म तँपाई जिवनलाई सुन्दर सोच्नु हुन्छजिवनको सुन्दरतालाई सधैं आत्मसात गर्नुस् 

यदि तँपाई हिड्न सक्नु हुन्छ भने तँपाई नाच्न पनि सक्नु हुन्छ यदि तँपाई बोल्न सक्नु हुन्छ भने तँपाई गाउन पनि सक्नु हुन्छ

सुँगुरहरुसित लड्न नबस्नु दुबै फोहोर हुने छ, जसलाई सुँगुरले मन पराउछ

चिन्ता यति मात्र गर्नु कि काम पुरा होस् न कि जिन्दगी खत्म होस्

कठिनाईहरु मानिसहरुलाई उत्साहित बनाउन निर्माण गरिएका हुन्छन् न कि निरुत्साहित गर्नमानिसको संरचना नै यसरी गरिएको छ कि मात्र कठिनाई र द्वन्द्वबाट मानिसको बिकास हुन सकोस् 

मेरो लक्ष्य अरुहरु भन्दा राम्रो गर्दै जानु होइन, बरु आफ्नो पहिले भन्दा अहिले धेरै राम्रो हुँदै जानु हो

जबसम्म हामीले आफु भित्रै सन्तुष्टि खोज्न सक्दैनौ, अरु ठाउमा खोज्नु व्यर्थ हुन्छ

कसैलाई माया गर्ने सबैभन्दा उत्कृष्ट तरिका उसलाई परिवर्तन गर्नुमा होइन बरु उसले प्राप्त गर्न सक्ने सबैभन्दा ठुलो उपलब्धिको बारेमा उसलाई आत्मबोध गरि दिनुमा हुन्छ

माटोमा जडिबुटी रोप्नुस् या बिषबृक्ष रोप्नुस्, बिना भेदभाव दुबै मज्जाले उम्रिने छ त्यसरी नै तपाईले मष्तिस्कमा सकारात्मक सोच रोप्नुस् या नकारात्मक सोच रोप्नुस्, बिना भेदभाव तपाई भित्र उम्रिने छ

सोच राम्रो हुनु पर्छ, हरेक चीज राम्रो देखिन थाल्नेछ

तपाईसँग भएका कुराहरु अरुहरुसित पनि हुन सक्छ तर तपाई जस्तो अरु कोही पनि हुन सक्दैन

संसारका हरेक चीज सुन्दर हुन्छन्दुःखको कुरा के मात्र हो भने हरेक मानिससँग त्यो सुन्दरता देख्ने क्षमता हुँदैन 

आलोचनाले हामी भित्र रहेका कमी कमजोरीहरु जानकारी दिने गर्छन्

माया त्यो हो, जहाँ आफ्नो खुशी भन्दा बढी अरुको खुशीको चाहना हुन्छ

हजारौं बर्ष भेडाबाख्रा भएर बाँच्नु भन्दा एकदिनका लागि मात्र पनि बाघ बनेर बाँच्न पाउनु नै बेस हुन्छ 

हाम्रा अधिकांश चिन्ताहरु हामीले कल्पना गरे जस्तो गम्भीर अनि भयानक हुने गर्दैनन् त्यसैले ठण्डा मष्तिस्कले यथार्थको सामना गर्नु उपयुक्त समाधान हो

कुनै पनि बहस वा छलफलको उद्देश्य हार जित हुनु हुन्न, बरु प्रगति–विकास हुनु पर्छ

जब तपाई आफुले गर्दै आएको कामलाई न्यून मुल्यांकन गर्नु हुन्छ, तब यो संसारले पनि तपाई स्वयमलाई न्यून मुल्यांकन गरि दिन्छ

यदि तँपाई महान काम गर्न सक्नु हुन्न भने स-साना कामहरु महान् तरिकाले गर्नु 

जब हामीले परिस्थितिलाई कुनै पनि हालतमा बदल्न असमर्थ हुन्छौं, हामीले आफैलाई परिवर्तन गर्ने कोशिस गर्नु पर्छ

सिंहले उफ्रिनु अघि आफ्नो खुट्टालाई एक पाइला पछाडि लैजाने गर्छ त्यस्तै नै जब जिन्दगीले तपाईलाई पछाडि धकेल्न खोज्दछ भने कम्मर कस्न सुरु गर्नुस् किनकी जिन्दगीले तपाइलाई धेरै उचाईमा उफ्रिनका लागि तयार गर्दै छ भनेर बुझ्नु होस्

पोखिसकेको दुधको लागि रुनुको कुनै अर्थ हुन्न

मलाई असफलतासित कुनै गुनासो छैन किनकी मैले अर्थपूर्ण कामहरु गरेको छु 

जहाँ बिनाश हुन्छ, त्यहिँ आशाको खजाना पनि हुने गर्छ

जितको रोमान्चकता भन्दा हारको डरलाई कहिल्यै हावी हुन नदिनुस्

अवसरले तपाइको ढोका ढक्ढक्याउन कहिल्यै बन्द गर्दैन

हरेक ठुल्ठुला कुराहरु सुरुवातमा सानातिना नै हुने गर्छन

प्राय: मानिसहरु अरुको आलोचना गर्न यति धेरै समय बर्बाद गर्ने गर्छन कि यदि त्यो खेर गएको समय आफ्नो बारेमा सोच्न लगाएको भए मानिस देवता हुन्थे होला

मान्छेको गन्तब्य कुनै स्थान बिशेष होइन, बरू कुनै पनि कुरालाई हेर्ने नयाँ दृष्टिमा हुनु पर्छ

प्राय: मानिसहरु अरुको आलोचना गर्न यति धेरै समय बर्बाद गर्ने गर्छन कि यदि त्यो खेर गएको समय आफ्नो बारेमा सोच्न लगाएको भए मानिस देवता हुन्थे होला

बुद्धिमान मानिसहरु सधैँ मौन बस्दैनन् , बरु कुन बेला चुप लागेर बस्नु उपयुक्त हुन्छ भन्ने कुरा राम्ररी बुझेका हुन्छन

सच्चा प्रेम, ‘कसैलाई आफ्नो अधिनमा राख्नमा हुन्दैन, बरु सम्मान र स्वतन्त्रता दिनुमा हुन्छ’ 

हरेक चीजहरु सुन्दर हुन्छन्, यदि तँपाईले त्यस चीजलाई माया गर्नु हुन्छ भने

हिजो म अबुझ थिए, त्यसैले संसार बदल्न खोज्दथेतर आज म अनुभवी छु, त्यसैले आफैंलाई बदल्न खोज्दैछु 

नकारात्मक मस्तिष्कले तपाईलाई सकारात्मक जीवन दिन्दैन

सपना ठुलै देख्नु, असफलतालाई सहर्ष स्वीकार्नु 

कहिलेकाँही हामी सोच्ने गर्छौ, मेरो जिन्दगी भन्दा अरुको जिन्दगी कति राम्रो-सुखी छतर यहाँ एउटा कुरा के पनि बिर्सनु हुँदैन भने हामी पनि उसका लागि अरु नै हौँ

असफलता, तीतो हुँदैन यदि तपाइले यसलाई निल्नु हुन्न

बास्तबिक परिपक्वता तब देखिन्छ जब कसैले तपाइलाई चोट दिन्छ त्यतिबेला तपाई उक्त मानिसलाई चोट दिनुको सट्टामा उसको वास्तविक परिस्थितिलाई बुझ्ने प्रयत्न गर्नु हुन्छ

तपाईले मुखले दोहोर्याउदै भनेका कुराहरुले होइन बरु तपाईले मनमनै व्यक्त गर्ने कुराले तपाइको जिवनलाई निर्धारित गर्दछ

तँपाई के खोज्न चाहनुहुन्छ, त्यही देख्नु हुन्छयदि तँपाई कसैमा खोट खोज्नु हुन्छ भने तँपाईले उक्त ब्यक्तिमा खोट भेटाउनु हुन्छ असल खोजे, असल देख्नु हुन्छ 

यद्यपी कसैले पनि बिगतमा फर्केर नयाँ सुरुवात गर्न सक्दैनतैपनि सबैले बर्तमानबाट नै सुरुवात गरेर नयाँ अन्त्य गर्न/परिणाम निकाल्न सक्छन

अरुका हितमा खर्चेको समय आफ्नो लागि कहिल्यै खेर गएको हुँदैन

बिश्व ईतिहासका पानाहरु पल्टाउदै हेर्ने हो भने मूर्ख भनिएका ब्यक्तिहरुले संसार बदल्ने गरेको देखिन्छ

जिन्दगीलाई सजिलो बनाउने होइन बरु आफुलाई बलियो बनाउनु पर्दछ सहि समय कहिल्यै आउदैन बरु समयलाई सहि बनाउनु पर्दछ

अरुको व्यवहारले तपाई भित्रको शान्तिलाई बिथोल्न नदिनुस्

मरूभूमिको सुन्दरता कुन कुरामा हुन्छ भने यसले आफ्नो गर्भभित्र कतै ईनारलाई लुकाएर राखेको हुन्छ 

एक्लै हुँदा सायदै तपाई त्यति दु:खी हुनु होला, जति एउटा गलत मान्छेको साथमा रहँदा हुने गर्छ 

जुन कुरा हाम्रो हातमा छैन, त्यस कुराका लागि पश्चयाताप गर्नु मुर्खता सिवाय केहि होइन

आफ्नो गल्ती, कमजोरीहरुका लागि आफु स्वयमलाई माफि दिनु अनि जिवनमा अगाडि बढ्नु

ब्यक्तित्वको सुरुवात तब हुन्छ, जब तँपाई अरुसित आफुलाई तुलना गर्न बन्द गर्नु हुन्छ 

धैर्यतापुर्वक हिड्ने गर्नु सहि बाटोमा, गन्तब्यमा अवश्य पुग्ने छौं अँध्यारो जतिसुकै किन नहोस्, उज्यालो बिहानी आउन कहिल्यै रोकिएको छैन

सकारात्मक हुनु होस् , नकारात्मकताले तँपाईलाई कहिल्यै अगाडी लैजाँदैन 

झुटो प्रशंसा भन्दा साँचो आलोचना सयौं गुणा हितकर हुन्छ 

तँपाई जे होईन त्यसलाई मन पराएको भन्दा कयौं गुणा तँपाई जे हो त्यसलाई मन नपराएको बेस छ

कुनै मान्छेको बास्तबिक चरित्र, त्यो मान्छेले आफु भन्दा सानो स्तरको मान्छे तथा आफुलाई कुनै पनि किसिमको लाभ नदिने मान्छेहरुलाई के-कस्तो ब्यवहार गर्दछ भन्ने कुराले बताउँछ 

आफ्नो शत्रुसित बदला लिने सबै भन्दा उत्कृष्ट र प्रभावकारी तरिका हो धेरै भन्दा धेरै ख़ुशी हुनु

यदि तिमी बगैंचाको सुन्दर गुलाफ जस्तै फूल्न चाहन्छौं भने काँडाहरु बीचमा फूल्न सिक्नु पर्छ 

आफ्नो अनुहारलाई सधैँ सुर्य तिर फर्काउने गर्नु, तपाइले छायालाई कहिल्यै देख्नु हुने छैन

ति ब्यक्तिहरू जसलाई लाग्दछ कि यो काम गर्न असम्भव छ, तिनीहरूले त्यों काम गरिरहेको मानिसहरुलाई अवरोध गर्न छोड्नु पर्छ 

घटना घट्यो भनी नरुनु  बरु हाँस्नु किनभने घटना घटेको छ

हिजोको दु:ख र भोलिको चिन्ताले आजको खुशीलाई खोस्न नदिनुस 

सधैं आफ्नो गन्तव्य बारेमा सोच्नु होस्न कि तँपाईको डरको बारेमा 

यदि कसैले चिन्ता लिदैंमा, रोईकराई गर्दैमा समस्या समाधान हुन्थ्यो भने सायदै संसारमा कोही हाँसिरहेका हुन्थे होलात्यसैले समस्या समाधानको दिशामा सानै कोशिस गर्नुमा नै बुद्धिमता हुनेछ 

तपाइको फरकपनाले नै तपाइको अस्तित्वलाई अर्थपूर्ण बनाई रहेको हुन्छ 

जति तँपाईले आफ्नो निर्णयलाई मन पराउनु हुन्छ, त्यति नै तँपाईको निर्णय बारेमा अरुले के सोच्छन् भन्ने चिन्ता हट्दै जान्छ 

जब ९९% मानिसहरुले तँपाईको बिचार माथि शंका गर्दछ भने कि त तँपाईको बिचार अत्यन्तै गलत हुन्छ, वा तँपाईले इतिहास रच्दै हुनुहुन्छ

न कसैसँग इर्ष्या गर्नु छ, न कसैसित प्रतिष्पर्धा नै गर्छु म…मेरो आफ्नै गन्तब्य छ अनि आफ्नै दौड हो यो…

Read More

Scroll to Top